Logo

अर्थ

भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटमा पठाइयो १०/१० थान स्याटेलाइट फोन



काठमाडाैं । रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोज, उद्धार तथा राहत कार्यलाई सहज बनाउन १०/१० थान स्याटेलाइट फोन उपलब्ध गराइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा सुचारु राख्दै सूचना प्रवाह सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले स्याटेलाइट फोन उपलब्ध गराएको हो ।

उपलब्ध गराइएका स्याटेलाइट फोनमध्ये १० थान रसुवा र १० थान नुवाकोटमा प्रयोग गर्नेगरी पठाइएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८३, आईतवार १५:५२   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।