Logo

समाचार

बाढीप्रभावित क्षेत्रमा फिरिरीद्वारा १० लाख बढीको राहत सहयोग



काठमाडौं । डिजिटल कम्पनी फिरिरी भेन्चर्सले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि १० लाख रुपैयाँभन्दा बढी मूल्यको राहत सामग्री उपलब्ध गराएको छ।

गत बुधबार भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा कम्पनीले सामाजिक संस्था ‘हामी नेपाली’मार्फत अत्यावश्यक राहत सामग्री पठाएको हो।

फिरिरीका प्रवन्ध निर्देशक कुशल खड्काका अनुसार राहत सामग्री प्रभावित क्षेत्रमा पुगिसकेको छ। कम्पनीले ९ सयवटा नयाँ टिसर्टसहित खानेपानी र खाद्यान्न सामग्री उपलब्ध गराएको जनाएको छ।

खड्काले बाढी प्रभावित नागरिकको सहयोगका लागि कम्पनीले आफ्नो क्षमताअनुसार सहयोग गरेको बताए।

‘देश ठूलो पीडामा रहेका बेला हरेक नेपालीले केही न केही सहयोग गर्न सक्छौं,’ उनले भने, ‘सहयोग सानो–ठूलो हुँदैन, साँचो हुनुपर्छ भन्ने मान्यताका साथ हामीले पनि राहत सामग्री उपलब्ध गराएका हौं।’

फिरिरी ठूलो कम्पनी नभए पनि देशमै केही गर्ने उद्देश्यले युवाहरू मिलेर स्थापना गरेको उनले बताए। ‘बाढीले हाम्रा घरबस्ती बगाउन सक्छ, तर एकता, मानवता र आत्मविश्वास बगाउन सक्दैन भन्ने सन्देश दिन पनि हामीले सहयोग गरेका हौं,’ खड्काले भने।

नेपाली युवाले स्थापना गरेको डिजिटल सुपर एप फिरिरी साउनदेखि सञ्चालनमा आएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार एपमा राइड सेयरिङ, खाना डेलिभरी, किराना तथा मार्केटप्लेस, पार्सल तथा लजिस्टिक्स, होटल तथा यात्रा बुकिङ, डिजिटल भुक्तानीलगायतका सेवा उपलब्ध छन्।

त्यस्तै, घरजग्गा सेवा, घरायसी मर्मत तथा प्राविधिक सेवा, रोजगारी तथा करिअर, अन-डिमान्ड भिडियो स्ट्रिमिङ (ओटीटी) र डिजिटल सिकाइसम्बन्धी सेवासमेत एपमा समेटिएको कम्पनीको भनाइ छ।

यी विभिन्न सेवाहरूलाई एउटै प्लेटफर्ममा ल्याएर प्रयोगकर्तालाई सहज र एकीकृत डिजिटल अनुभव दिने लक्ष्य कम्पनीले लिएको जनाएको छ।

फिरिरीले स्थानीय व्यवसाय, घरजग्गा व्यवसायी, सेवा प्रदायक, फ्रिलान्सर, शिक्षक तथा रोजगारी खोज्ने व्यक्तिलाई एउटै डिजिटल माध्यमबाट जोड्ने उद्देश्य राखेको छ। यसबाट रोजगारी सिर्जना, सेवाको पहुँच विस्तार र डिजिटल अर्थतन्त्रमा योगदान पुग्ने अपेक्षा कम्पनीको छ।

 

प्रकाशित मिति : १४ भाद्र २०८३, आईतवार १८:५७   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।