Logo

समाचार

निफ्राको लाभांश घोषणा



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ । भदौ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैठकले चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँको कुल ५.२६३२ प्रतिशतले हुन आउने १ अर्ब १३ करोड ६८ लाख ५१ हजार २०० रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने निफ्राले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार ११:१६   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।