Logo

अर्थ

मुक्तिनाथ म्युचुअल फन्ड–१ को लाभांश घोषणा



काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित मुक्तिनाथ म्युचुअल फन्ड–१ ले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट इकाइधनीलाई २.२० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने भएको छ ।

भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

लाभांश वितरणका लागि क्यापिटले यही भदौ २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ भदौ २४ गतेभन्दा अघिसम्म कायम इकाइधनीले उक्त योजनाको लाभांश पाउन योग्य हुनेछन् । यो योजनाको कोष प्रवर्द्धक मुक्तिनाथ विकास बैंक रहेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार ११:३१   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।