Logo

खेलकुद

एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात



काठमाडौं । कप्तान सन्दीप लामिछानेसहित बलरहरूको शानदार प्रदर्शनमा नेपालले एसीसी प्रिमियर कपमा विजयी सुरुवात गरेको छ ।

सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो ।

बहराइनले दिएको ८८ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालका लागि ओपनर अर्जुन कुमाल ३६ रनमा नटआउट रहे। उनले ५८ बलमा ५ चौका प्रहार गरे ।

रोहित पौडेल १९ रनमा अविजित रहे । उनले १४ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार १२:०६   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।