Logo

समाचार

भोटेकोशी बाढीमा परेर निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने



 काठमाडाैं । रसुवाको भोटेकोशी बाढीमा परेर निधन भएकाको पशुपति क्षेत्रस्थित आर्यघाट एवं भष्मेश्वर घाटमा निःशुल्क दाहसंस्कार गरिने भएको छ ।

पशुपति क्षेत्र विकास कोषले रसुवाको भोटेकोशी बाढीमा परी निधन भएकाको निःशुल्क दाहसंस्कार गर्ने गरी सबै व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोष, सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले जानकारी दिए ।

बाढीमा परी निधन भएकाको निःशुल्क दाहसंस्कारका लागि शरदराज वैद्यलाई सम्पर्क गर्न पनि कोषले आह्वान गरेको छ । वैद्यको मोबाइल नम्बर ९८४१२२९९९४ मा सम्पर्क गर्न सकिने पनि उनले बताए ।

यस विषयमा थप जानकारीका लागि कोषको कार्यालयमा सम्पर्क गर्न सकिने पनि कोषले जनाएको छ । विपद्मा एक, अर्कालाई सहयोग गरी मानवता जोगाउन कोषले यो सेवा सुरु गरेको सदस्य भण्डारीले बताए । -रासस

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार १३:२६   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।