Logo

प्रमुख समाचार

प्रधान सेनापतिसँग बालेनको छलफल, अन्य सुरक्षा प्रमुखसँग पनि छलफल गर्ने



काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न संकट समाधानका विषयमा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरिरहेका छन् ।

रसुवाको भोटेकोशी नदीको बाढीका कारण निम्तिएको संकट समाधान गर्न देशका सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरिरहेको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ ।

शाहले केहीबेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग हालसम्म भएका खोज, उद्धार, राहत तथा व्यवस्थापनका मामिलामा ब्रिफिङ लिएका थिए ।

केहीबेरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग र त्यसपछि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि आजै ब्रिफिङ लिने कार्यसूची रहेको उनको सचिवालयले जनाएको छ ।

 

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार १२:४७   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।