Logo

अर्थ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा माछापुच्छ्रे बैंकद्वारा २ करोड १ लाख सहयोग



काठमाडाैं । माछापुच्छ्रे बैंकले हालै रसुवा जिल्लास्थित भोटेकोशी नदिमा आएको बिनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिक तथा समुदायलाई राहत र पुनस्र्थापनाका लागी नेपाल सरकार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु.२ करोड १ लाख आर्थिक सहयोग गरेको छ ।

उक्त सहयोग रकम बैंकका अध्यक्ष रोशन केसीले नेपाल सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । बाढी तथा पहिरोका कारण प्रभावित नागरिकको जनजीवन, घर तथा सम्पत्तिमा ठूलो क्षति पुगेको अवस्थामा बैंकले आफ्नो तर्फबाट उक्त सहयोग गरेको हो ।

उक्त बिनाशकारी विपत्ति लगत्तै बैंकले प्रभावित नागरिकको लागि खाद्यान्न, ओड्ने ओछ्याउने लगायतका दैनिक उपभोग्य राहत सामाग्रीहरु यसअघि नै उपलब्ध गराई सकेको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको उक्त रकमले प्रभावित नागरिक तथा समुदायलाई राहत उपलब्ध गराउन तथा पुनस्र्थापना कार्यमा केही हदसम्म सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले यसअघि पनि विभिन्न प्राकृतिक विपद् तथा सामाजिक संकटका समयमा प्रभावित नागरिक तथा समुदायका लागि राहत तथा सहयोग प्रदान गर्दै आएको जनाएको छ । साथै आगामी दिनमा पनि बैंकले समुदायको हित तथा विपद् प्रभावित नागरिकको सहयोगका लागि आवश्यक पहललाई निरन्तरता दिने प्रतिबद्धता रहेको जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार १६:४९   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।