Logo

समाचार

बाढी प्रभावितलाई औषधि आयातकर्ता संघद्वारा तीन करोड वराबरको सामग्री हस्तान्तरण



काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि नेपाल औषधि आयातकर्ता संघले अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

कोलेरा भ्याक्सिन, टिटानास भ्याक्सिन, एन्टिरेविज भ्याक्सिन, प्यारासिटामोल इन्जेक्सनलगायत करिब तीन करोड रुपैंयाँ बराबरको औषधि लगायतका स्वास्थ्य सामग्री गरिएको संघका अध्यक्ष पवन आचार्यले जानकारी दिए ।

अध्यक्ष आचार्यको अगुवाईमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय पुगेको टोलीले मन्त्री निशा मेहतालाई सामग्री हस्तान्तरण गरेको हो ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार १९:४३   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।