काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि एनएमबि बैंक लिमिटेडले ३ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकले उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरेको हो। बैंक सञ्चालक समितिका अध्यक्षले उक्त रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन्।
यसैगरी, बैंकले बाढी प्रभावित क्षेत्रका नागरिकका लागि थप १० लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराएको जनाएको छ। राहत सामग्रीमा खाद्यान्न, औषधि तथा आवासका लागि आवश्यक सामग्री छन्।
बैंकका अनुसार बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग गरिएको हो।
















प्रतिक्रिया