Logo

प्रमुख समाचार

नागढुंगा-नौबिसे सडक खण्ड भासियो, एकतर्फी सञ्चालन



काठमाडौं । नागढुंगा-नौबिसे सडक खण्ड भासिएको छ । नागढुंगा नजिकै पातले वनमा सडक भासिएको धादिङ सडक विभागले जनाएको छ ।

सडक विभागका इन्जिनियर अर्जुन प्रसाद अर्यालका अनुसार सडक भासिएपछि गाडी एकतर्फी रूपमा सञ्चालन गरिएको छ ।

यो रुट भएर आउने अन्य गाडीहरूलाई भने सुरुङमार्गबाट पठाउने तयारी भइरहेको उनको भनाइ छ ।

सडकको पुरानो पर्खाल (वाल) का कारण सडक भासिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे थप यथार्थ कारण पत्ता लगाउन सडक विभागबाट खटिएको प्राविधिक टोली अहिले घटनास्थलमा पुगी अध्ययन गरिरहेको छ ।

 

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार ११:०३   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।