काठमाडौं ।आईसीटीसी ग्रुपले रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि १ करोड रुपैयाँ सहयोग गरेको छ।
ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो। ग्रुपका कार्यकारी अध्यक्ष दिनेशलाल श्रेष्ठ र सहप्रबन्ध निर्देशक जयदिन श्रेष्ठले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १ करोड रुपैयाँको चेक हस्तान्तरण गरे।
ग्रुपले बाढीका कारण ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।
बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको ग्रुपले जनाएको छ।
















प्रतिक्रिया