काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच टेलिफोन वार्ता भएको छ ।
रास्वपाले दिएको जानकारीअनुसार, टेलिफोन वार्ताका क्रममा अमेरिकी विदेशमन्त्री रुबियोले भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी ऐक्यबद्धता जनाएका छन् ।
जवाफमा सभापति लामिछानेले विपद्पछिको खोजी, उद्धार तथा राहत कार्यका लागि नेपाल सरकारले सम्पूर्ण उपलब्ध स्रोतसाधन परिचालन गरिरहेको जानकारी गराएका थिए ।
लामिछानेले कठिन परिस्थितिमा अमेरिकाले गरेको सहयोगप्रति अमेरिकी सरकारलाई धन्यवाद दिएका थिए । जवाफमा विदेशमन्त्री रुबियोले नेपाल सरकारलाई थप सहयोग गर्न अमेरिका तयार रहेको बताएका थिए ।
















प्रतिक्रिया