Logo

अर्थ

सेयर बजारमा १८ अंकको वृद्धि, ३ अर्ब ८३ करोडकाे कारोबार



काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १८.०७ अंकले बढेर २,५६० को विन्दुमा कायम भएको छ ।

आज १९५ कम्पनीको सेयर मूल्य बढेको छ भने ७९ कम्पनीको मूल्य घटेको छ ।

आज ३ अर्ब ८३ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको सेयर कारोबार भएको छ । यस कम्पनीको २५ करोड २१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । गरिमा विकास बैंकको १७ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै पियोर इनर्जीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै इमर्जिङ नेपाल र सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् ।  यी दुई कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार १५:१२   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।