Logo

अर्थ

संविधान दिवसको अवसरमा टेलिकमले ल्यायो विशेष अफर



काठमाडौं । नेपाल टेलिकमले संविधान दिवसको अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि संविधान दिवस अफर २०८३ ल्याएको छ। अफर अन्तर्गत अनलिमिटेड लाइट र अनलिमिटेड प्रो गरी दुई प्रकारका डाटा प्याकेजहरू उपलब्ध गराइने छ।

यस अफर अन्तर्गत करसहित ४ सय ९९ रुपैँयामा अनलिमिटेड लाइट ४ सय ९९ प्याकेज प्राप्त गर्न सकिनेछ। यस प्याकेजमा ३० दिनसम्म दैनिक ५ जीबी डाटा प्राप्त हुनेछ। ५ जीबीको लिमिट पूरा भए पछि पनि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।

त्यसैगरी, बढी डाटा प्रयोग गर्ने ग्राहकहरूका लागि कर सहित ६९९ रुपैँयामा अनलिमिटेड प्रो ६९९ प्याकेज उपलब्ध गराइएको छ । यस प्याकेज अन्तर्गत ३० दिनसम्म दैनिक १० जीबी डाटा प्राप्त हुनेछ। १० जीबीको लिमिट पूरा भए पछि पनि बाँकी समय ३ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुको हकमा रेन्टल चार्ज समेत प्याकेजमा समावेश गरिएको छ । यो अफर यही असोज ०२ गतेदेखि असोज ०४ गतेसम्म (तीन दिन) उपलब्ध हुने छ। अफर प्राप्त गर्नका लागि ग्राहकहरूले आफ्नो मोबाइलबाट ८ज्ञद्धज्ञछ८ज्ञज्ञ३ डायल गर्न वा नेपाल टेलिकम एपको प्रयोग गर्न सक्नेछन्।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार १७:३७   :  बजे

246
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।