काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपाल वायुसेवा निगमले ९८ लाख ३५ हजार ९ सय ७६ रुपैयाँ ६७ पैसा सहयोग गरेको छ।
निगमले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। सहयोग रकम निगममा कार्यरत सम्पूर्ण कर्मचारीको तलबबाट कट्टा गरी संकलन गरिएको जनाइएको छ।
निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाको उपस्थितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेललाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।
यसअघि निगमले बाढीपीडितसँग सम्बन्धित राहत तथा उद्धार सामग्री विदेशबाट ढुवानी गर्दा छुट दिने निर्णयसमेत गरेको थियो।
















प्रतिक्रिया