Logo

प्रवास

म्यानपावरमा भेटिएको गाडीबारे दूतावासले भन्यो : अनुगमनमा आएको कतारी टोलीलाई दिएका थियौं



मंगलबार लाजिम्पाटस्थित म्यानपावर कम्पनी होप इन्टरनेसनलमा छापा मार्दा काठमाडौंस्थित कतार दूतावासको सवारी साधान फेला परेको विषयमा दूतावासले स्पष्टोक्ति दिएको छ।

दूतावासले प्रेस नोट जारी गर्दै कतार पुलिसमा नेपाली नागरिक लैजानेबारे भइरहेको अन्तर्वार्ताको अनुगमनका लागि आएको कतारी नागरिकको टोलीलाई दूतावासले सवारी साधान उपलब्ध गराएको बताएको छ।

तर, कतारस्थित नेपाली दूतावासले श्रमिक माग प्रमणित नगरिकनै कामठाडौंमा भने धमाधम अन्तर्वार्ता भइरहेको छ।यसरी अन्तर्वार्ता लिनु अवैध भन्दै वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीमा सोमबार र मंगलबार छापा मारेको छ।

यस्तो अवैध काम भइरहेको स्थानमा दूतावासको सवारी साधन फेला परेपछि यो प्रकणमा दूतावासकै पनि संलग्नता रहेको हुनसक्ने भन्दै आलोचना शुरु भएको थियो। तर, दूतावासले यो प्रकरणमा दूतावासका कर्मचारीको कुनै संलग्नता नरहेको बताएको छ।

दूतावासले भनेको छ, ‘कतार पुलिसमा नेपाली नागरीकलाई लैजान कतारी नागरीक अन्तर्वार्ता लिन आएको विषयमा कतार राजदुतावासको कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छौ। नेपालवाट कतार मा आवश्यक पुलिसमा भर्ति गराउँन डिमाण्ड गर्ने केही म्यानपावर कम्पनीले कस्तो तालिम उपलब्ध गराइरहेका छन्, ती म्यानपावर कम्पनीमा कस्ताकस्ता प्रविधि उपलब्ध छन् र कतार पुलिसका लागि सांच्चिकै फिजिकल्ली र मेन्टल्ली फिट हुन सक्छन् सक्दैनन् भनेर म्यानपावर कम्पनीको सामान्य चेकजाँचको लागि आएको कतारी नागरिकको टोलिलाइ राज्यको जिम्मेवार निकाय राजदूतावासले सवारी साधन उपलब्ध मात्र गराएको हो, कतार पुलिसको कुनै पनि छनौट प्रक्रियामा राजदुतावासको कुनै किसिमको संलग्नता छैन।’

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार ०९:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।