Logo

समाचार

चालक आफैँले गरे बसमा आगजनी



काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर चोकस्थित बस स्टप अगाडि चालक आफैँले बसमा आगजनी गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । बसमा आगोलाग्दा चालक बसभित्रै भएको प्रहरीको प्रारम्भित्र बुझाइ छ ।

बा ५ ख ४२७४ नम्बरको सार्वजनिक बसका चालक २५ वर्षीय दावा लामा हुन् ।  प्रहरीले घटनाको समयमा बसमा कुनै पनि यात्रु नभएको जानकारी दिएको छ ।

आफैँले लगाएको आगोबाट जलेर घाइते भएका चालक लामालाई उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ ।

बसमा लागेको आगो सशस्त्र प्रहरीले दमकलको सहायतामा निभाइसकेको छ ।

चालकले आफ्नै बसमा किन आगो लगाए भन्ने यकिन कारण भने खुलिसकेको छैन । काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख, एसएसपी दिलीप घिमिरेले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए ।

 

 

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार १३:२७   :  बजे

420
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।