Logo

अर्थ

सेयर बजारमा दोहोरो अंकको गिरावट, ४ अर्ब २९ करोडकाे कारोबार



काठमाडौं । आज साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ११.९० अंकले घटेर २,५८७ को विन्दुमा कायम भएको छ ।

आज ६१ कम्पनीको सेयर मूल्य बढेको छ भने २०७ कम्पनीको मूल्य घटेको छ ।

आज ४ अर्ब २९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एसबिएल डिबेञ्चर २०८९को इकाई कारोबार भएको छ । यसको २६ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनएमबि डिबेञ्चरका इकाईधनीले कमाएका छन् । यसका इकाईधनीले १४.२९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । यस बैंकका लगानीकर्ताले ८.५५ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार १५:१५   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।