Logo

अर्थ

कामना सेवा विकास बैंकको रेटिङ स्तरोन्नति



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको क्रेडिट रेटिङमा स्तरोन्नति भएको छ । केयर रेटिङ्स नेपाल लिमिटेडले बैंकलाई यसअघि प्रदान गरेको ‘केयर–एनपी बीबी प्लस (इस्युअर)’ रेटिङलाई बढाएर ‘केयर–एनपी बीबीबी माइनस (इस्युअर)’ प्रदान गरेको हो ।

रेटिङ एजेन्सीका अनुसार ‘केयर–एनपी बीबीबी माइनस’ रेटिङ प्राप्त संस्थालाई वित्तीय दायित्व समयमै भुक्तानी गर्ने सम्बन्धमा मध्यम स्तरको सुरक्षा भएको तथा मध्यम स्तरको क्रेडिट जोखिम वहन गर्ने संस्थाका रूपमा लिइन्छ ।

बैंकको पूँजीकोषमा सुधार, कर्जाको गुणस्तर तथा जोखिम व्यवस्थापनमा आएको प्रगति, अनुभवी सञ्चालक समिति र व्यवस्थापन, खुद मुनाफा तथा व्यवसाय विस्तारलाई रेटिङ स्तरोन्नतिको आधार मानिएको छ । यस्तै, निक्षेप संरचना र तरलता अवस्थामा सुधार तथा बजार हिस्सामा भएको विस्तारलाई समेत रेटिङ एजेन्सीले मूल्यांकन गरेको जनाएको छ ।

रेटिङ सुधारले बैंकको स्रोत परिचालन तथा संस्थागत निक्षेप विस्तारमा सकारात्मक प्रभाव पार्ने बैंकको विश्वास छ । यसबाट व्यावसायिक साझेदारी विस्तार गर्न समेत सहयोग पुग्ने बैंकले जनाएको छ ।

‘प्रगतिको आधार कामना सेवा’ नारासहित बैंकले सुरक्षित, प्रविधिमैत्री र दिगो बैंकिङ सेवालाई प्राथमिकता दिँदै आएको जनाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार १०:४८   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।