काठमाडौं । आज साताको पहिलो दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २०.४८ अंकले घटेर २,५६६ को विन्दुमा कायम भएको छ ।
आज ३२ कम्पनीको सेयर मूल्य बढेको छ भने २४२ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज ३ अर्ब २७ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोपावरको सेयर कारोबार भएको छ । यस कम्पनीको २२ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको ८ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै स्ट्याण्डर्ड चार्टर्र्ड बैंक डिबेञ्चरका इकाईधनीले कमाएका छन् । यसका इकाईधनीले ५.७५ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै त्रिशुली जलविद्युतका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ५.८४ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया