Logo

अर्थ

ब्ल्याक-डेकरको दसैँ योजना सार्वजनिक, बम्परमा भियतनाम भ्रमणको अवसर



काठमाडौं । सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको अमेरिकी ब्रान्ड ब्ल्याक-डेकरले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘दसैँ विथ ब्ल्याक-डेकर’ योजना सार्वजनिक गरेको छ।

असोज ११ गतेदेखि लागू भएकाे योजनामा ग्राहकले विभिन्न उत्पादन खरिद गर्दा पक्का उपहारदेखि भियतनाम भ्रमणसम्मको अवसर पाउने कम्पनीले जनाएको छ।

‘स्टाइलिस लिभिङ, स्मार्ट च्वाइसेज’ मूल भन्ने नाराका साथ ल्याइएको योजनाअन्तर्गत ब्ल्याक-डेकरका तोकिएका उत्पादन खरिद गर्ने ग्राहकले विद्युतीय केटल, एप्रोन र एरोमा किटलगायतका पक्का उपहार पाउनेछन्।

योजनाअन्तर्गत हरेक १५ दिनमा भाग्यशाली ग्राहक छनोट गरी लक्की ड्रमार्फत ब्ल्याक-डेकरको एमजी५५०–आईएन मोडलको मिक्सर प्रदान गरिनेछ। लक्की ड्रमा सहभागी हुन ग्राहकले विज्ञापन वा पसलमा उपलब्ध क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गर्नुपर्नेछ।

त्यस्तै, योजनाको बम्पर उपहारका रूपमा एक भाग्यशाली ग्राहकले भियतनाम भ्रमण गर्ने अवसर पाउने कम्पनीले जनाएको छ। यसका लागि पनि क्यूआर कोड स्क्यान गरी विवरण दर्ता गर्नुपर्नेछ। कम्पनीले आफ्ना उपकरणमा दुई वर्षको प्रतिस्थापन वारेन्टीसमेत उपलब्ध गराएको जनाएको छ। ११६ वर्षको इतिहास रहेको ब्ल्याक+डेकर सिजी इलेक्ट्रोनिक्सअन्तर्गत नेपालमा बिक्री हुँदै आएको छ।

असोज ११ गतेदेखि सीमित अवधिसम्म लागू हुने योजना नेपालभरका २२ वटा सिजी डिजिटल, ६ वटा एलजी ब्रान्ड शप, आधिकारिक बिक्रेता सञ्जाल तथा अनलाइन माध्यमबाट उपलब्ध हुने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार १५:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।