Logo

प्रमुख समाचार

प्रस्तावित १३ राजदूतको सुनुवाइ २६ देखि २८ असोजमा हुने, १३ जनाविरुद्ध ७ वटा उजुरी



काठमाडौं । १३ देशका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म हुने भएको छ ।

समिति सचिवालयले २६, २७ र २८ असोजमा सुनुवाइ गर्ने मिति आज बसेको संसदीय सुनुवाइ समितिमा प्रस्ताव राखेका थियो । जसलाई समितिले स्वीकार गरेको हो ।

प्रस्तावित १३ वटा राजदूतहरूविरुद्ध ७ वटा उजुरी परेको छ । २ वटा सबैविरुद्ध परेको छ भने ५ वटा एक-एक जना व्यक्ति तोकेर उजुरी परेको छ ।

राजदूतहरू विरुद्ध प्राप्त उजुरी आज सुनुवाइ समिति सदस्यहरूलाई वितरण गरिएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलवार १२:३५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।