काठमाडौं । व्यवसायी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको आगामी १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि मनोनयनपत्र दर्ता गराएका छन् ।
अर्यालले (गण्डकी प्रदेश खुला)कलष्टरबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् । उक्त पदमा ३ जना निर्वाचित हुने छन् ।
स्याङ्जा क्षेत्र नं २ का स्थायी बासिन्दा अर्याल विद्यार्थी जीवनदेखि नै राजनीति र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।
नेपाली कांग्रेसका तर्फबाट समानुपातिक संविधानसभा सदस्य उमेदवार समेत बनेका अर्यालले नेपाली कांग्रेसको कार्यवाहक कोषाध्यक्षदेखि आर्थिक संयोजकसम्मको जिम्मेवारी पुरा गरेका छन् ।
पेशागत रूपमा अर्याल चार्टर्ड एकाउन्टेन्ट हुन् । नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका अर्याल युवावस्थादेखि नै नेपाली कांग्रेसको विचार र संगठन निर्माणमा पार्टीभित्र एक लगनशील र जिम्मेवार व्यक्तित्वका रूपमा परिचित छन् ।
भैरहवा मेडिकल कलेज (यूसीएमएस), गण्डकी मेडिकल कलेज पोखरा, नेपालगञ्ज मेडिकल कलेज, लर्ड बुद्ध मेडिकल कलेज नेपालगञ्ज तथा सञ्जीवनी मेडिकल कलेज दाङलगायतका संस्थाहरूमा उनी प्रमुख लगानीकर्ता छन् ।
शिक्षा क्षेत्रमा पनि अन्तर्राष्ट्रिय स्तरको विद्यालय स्थापना गर्ने अभियानमा रहेका अर्यालले जलविद्युत् तथा अन्य उत्पादनमूलक क्षेत्रमा समेत लगानी विस्तार गरेका छन् ।
उनले स्याङ्जामा आधुनिक पोल्ट्री फार्म स्थापना गरेका अर्यालले जनकपुरमा नेपालकै पहिलो अत्याधुनिक लेयर्स फार्म सञ्चालन गरेका छन् ।
विभिन्न क्षेत्रमा गरिएको लगानीमार्फत हालसम्म १० हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै उनी सफल उद्यमी र रोजगारदाताका रूपमा स्थापित भएका छन् ।
अर्यालले खुमा अर्याल फाउन्डेसन मार्फत स्याङ्जासहित देशका विभिन्न जिल्लामा शिक्षा, स्वास्थ्य, रोजगार तथा खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।



















प्रतिक्रिया