Logo

मौसम

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ।

बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशको सबै भूभागमा तथा कोशी र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने मधेश प्रदेश लगायत कोशी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ ।

गण्डकी रलुम्बिनी प्रदेशको केही ठाँउ तथा बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकरदुई ठाँउमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा भईरहेको छ।

आज दिउँसो देशको हिमाली र पहाडी भभागमा साधारणतया बादल लाग्नेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको तराई भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागको थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्ज र चट्याङ्ग र असिना सहित हल्का वर्षारहिमपातको सम्भावना छ ।

मधेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागको थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति कोशी प्रदेशका सबै भूभाग तथा देशको बाँकी हिमाली र पहाडी भू(भाग साधारणतया बादल लाग्ने छ। देशको तराई भुभागमा आंशिक बादल लाग्नेछ। कोशी र कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

देशको पहाडी भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । मधेश प्रदेश तथा कोशी प्रदेशका तराई भूभागमा थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार ०७:०३   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।