Logo

प्रमुख समाचार

नवीनराज सिंह र चक्रबहादुर बुढा सचिवमा बढुवा, भण्डारी उपमहालेखापरीक्षक



काठमाडौं । सरकारले दुई सहसचिवलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरेको छ। त्यस्तै, एक नायब महालेखापरीक्षकलाई उपमहालेखापरीक्षक पदमा बढुवा गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निजामती सेवा र लेखापरीक्षण सेवातर्फ रिक्त रहेका विशिष्ट श्रेणीका पदमा बढुवा गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फ कार्यरत सहसचिव नवीनराज सिंह सचिवमा बढुवा भएका छन्। नेपाल प्रशासन सेवा समूहीकरणतर्फ कार्यरत सहसचिव चक्रबहादुर बुढालाई पनि सचिव पदमा बढुवा गर्ने निर्णय भएको छ।

त्यस्तै, नेपाल लेखापरीक्षण सेवा समूहीकरणतर्फ रिक्त उपमहालेखापरीक्षक पदमा नायब महालेखापरीक्षक चन्द्रकान्त भण्डारीलाई बढुवा गरिएको छ।

मन्त्रिपरिषद्को निर्णयसँगै सिंह र बुढाले सचिव तथा भण्डारीले उपमहालेखापरीक्षकको जिम्मेवारी सम्हाल्नेछन्।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार ०८:१०   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।