काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट जीवनबहादुर शाही सहमहामन्त्रीमा निर्वाचित भएका छन् । कर्णाली प्रदेश संसदीय दल नेतासमेत रहेका नेता शाहीले पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।
कांग्रेसको मिडिया सेन्टरले सहमहामन्त्री (पिछडिएको क्षेत्र) को अन्तिम नतिजाअनुसार शाही सहमहामन्त्रीमा निर्वाचित भएका पुष्टि गरेको छ ।
शाहीले ३ हजार ९०६ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी जनकराज गिरीले १ हजार ३७६, राजन कुँवरले ३२४ र रामबहादुर विष्टले २६० मत पाए । तर, केन्द्रीय निर्वाचन समितिले भने औपचारिक रुपमा अन्तिम परिणाम घोषणा गरिसकेको छैन ।




















प्रतिक्रिया