काठमाडौं । अन्तरव्यवस्थापिका सङ्घ आईपीयू को १५३औँ महासभामा सहभागी भएर सभामुख डोलप्रसाद अर्याल मंगलबार अपराह्न स्वदेश फर्किएका छन्।
तान्जानियाको अरुशामा असोज १९ देखि २३ गतेसम्म आयोजित महासभामा सभामुख अर्यालले संसदीय अभ्यास, जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, सुशासन, समावेशिता र दिगो विकासलगायत विषयमा नेपालको धारणा प्रस्तुत गरेका थिए।
महासभामा सहभागी भएर फर्किएको प्रतिनिधिमण्डलले केन्याली संसद्को समेत भ्रमण गरेको थियो। भ्रमणका क्रममा प्रतिनिधिमण्डलले केन्याको संसदीय अभ्यास र बजेट निर्माण प्रक्रियाबारे जानकारी लिएको थियो।




















प्रतिक्रिया