महिला खुलातर्फ उर्मिला थपलिया ३ हजार ९७० मतसहित दोस्रो र निमा गिरी ३ हजार ९०६ मतसहित तेस्रो स्थानमा रहेर केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
त्यस्तै, कुसुमदेवी थापाले ३ हजार २५० मत र धनाकुमारी खतिवडाले ३ हजार २३१ मत प्राप्त गर्दै क्रमशः चौथो र पाँचौँ स्थान हासिल गरेका छन्।
निर्वाचित हुने अन्य उम्मेदवारमा विनिता खड्का, अनिता देवकोटा, रीता सेन ओली, सृजना अधिकारी, मुना भुसाल, गीता सत्याल, कल्पना तिवारी, रीता थापा मगर, गंगा दाहाल र उमा दाहाल छन्।
मतपरिणामअनुसार विनिता खड्काले २ हजार ८६६, अनिता देवकोटाले २ हजार ८५३, रीता सेन ओलीले २ हजार ७००, सृजना अधिकारीले २ हजार ६५८ र मुना भुसालले २ हजार ५१४ मत प्राप्त गरेका छन्।
त्यसैगरी, गीता सत्यालले २ हजार ४२०, कल्पना तिवारीले २ हजार ३६३, रीता थापा मगरले २ हजार ३०८, गंगा दाहालले २ हजार २९८ र उमा दाहालले २ हजार २१५ मत प्राप्त गरेका छन्।
महिला खुलातर्फका १५ केन्द्रीय सदस्य पदका लागि ३६ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारीसँगै विभिन्न समावेशी समूह र खुलातर्फका केन्द्रीय सदस्य चयनका लागि निर्वाचन भएको हो।




















प्रतिक्रिया