Logo

राजनीति

पाँच देशका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ सम्पन्न



काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ सम्पन्न भएको छ।

सङ्घीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समिति  को मंगलबार सिंहदरबारमा बसेको १९औँ बैठकमा प्रस्तावित राजदूतहरूको सुनुवाइ गरिएको हो।

सुनुवाइमा जर्मनीका लागि प्रस्तावित सरु जोशी, इजरायलका लागि सुरेशकुमार कर्ण, ओमानका लागि पदमाक्षी राणा, दक्षिण कोरियाका लागि प्रा। डा। संगम श्रेष्ठ र स्पेनका लागि प्रस्तावित प्राप्ति शेरचन सहभागी भएका थिए।

समितिले प्रस्तावित राजदूतहरूको शैक्षिक योग्यता, कार्यानुभव, कूटनीतिक कार्ययोजना र सम्बन्धित मुलुकमा रहेर गर्ने कामका अवधारणाबारे छलफल गरेको छ।

संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले प्रस्तावित व्यक्तिहरूलाई राजदूतमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलवार २१:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।