Logo

समाचार

दसैंको पूजा थानमा बत्ती जोड्दा करेन्ट लागेर वृद्धको मृत्यु



उदयपुर । दसैंको पूजा थानमा बत्ती जोड्ने क्रममा करेन्ट लागेर उदयपुरको गाईघाटमा एक वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१२, पुरानो गाईघाटस्थित ज्योति नगर टोलका ६५ वर्षीय बद्रीनारायण चौधरी रहेका छन्। मंगलबार साँझ करिब ६ः३० बजे घरभित्र विद्युत् लाइन विस्तार गर्ने क्रममा उनलाई करेन्ट लागेको हो।

दसैंको पूजाका लागि बत्ती जोड्न विद्युत् लाइन तानिरहेका बेला अचानक करेन्ट लागेर चौधरी गम्भीर घाइते भएका थिए।

घटनालगत्तै आफन्तले उनलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्‍याएका थिए। तर, अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार घटनापछि चौधरीको शव जिल्ला अस्पतालमै राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विष्णु खड्काले जानकारी दिए।

उनका अनुसार घटनास्थलको सर्जमिन मुचुल्का उठाउने काम भइरहेको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमपछि शव परिवारलाई बुझाउने तयारी गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलवार २१:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।