काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ४.५६ अंकले बढेर २,६२५ को विन्दुमा कायम भएको छ ।
आज १७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ९१ कम्पनीको मूल्य घटेको छ ।
आज ४ अर्ब ७१ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कुमारी बैंकको सेयर कारोबार भएको छ । यस बैंकको २३ करोड ६१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै बेनी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १४.९८ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै एसबिएल डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ३ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया