Logo

अर्थ

सेयर बजारमा सामान्य वृद्धि, ४ अर्ब ७१ करोडकाे कारोबार



काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ४.५६ अंकले बढेर २,६२५ को विन्दुमा कायम भएको छ ।

आज १७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ९१ कम्पनीको मूल्य घटेको छ ।

आज ४ अर्ब ७१ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कुमारी बैंकको सेयर कारोबार भएको छ । यस बैंकको २३ करोड ६१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बेनी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १४.९८ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै एसबिएल डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ३ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार १५:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।