काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले दसैं तथा तिहारलाई लक्षित गर्दै ‘महाएक्सचेन्ज धमाका’ योजना सार्वजनिक गरेको छ।
सन् २०२६ अक्टोबर १ देखि नोभेम्बर ३० सम्म सञ्चालन हुने योजनाअन्तर्गत ग्राहकले जुनसुकै ब्रान्डका पुराना ब्याट्री साटेर नयाँ एक्साइड ब्याट्री खरिद गर्दा ५० प्रतिशतसम्म विशेष छुट पाउनेछन्।
नेपालका लागि एक्साइड ब्याट्रीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले देशभर रहेका आफ्ना आधिकारिक बिक्री केन्द्र तथा रिटेलरमार्फत यो सुविधा उपलब्ध गराउने जनाएको छ। योजनालाई थप आकर्षक बनाउन कम्पनीले क्यासब्याक र निःशुल्क सर्भिसिङको व्यवस्था पनि गरेको छ।
योजनाको अवधिभर हरेक महिना लक्की ड्रमार्फत १५ जना ग्राहकले ५० प्रतिशतसम्म क्यासब्याक जित्ने अवसर पाउनेछन्। साथै, ग्राहकले एकपटक निःशुल्क ब्याट्री चेकअप तथा सर्भिसिङ सुविधा पनि प्राप्त गर्नेछन्।
योजनामा सहभागी हुन ग्राहकले नेपालभर रहेका सिप्रदी एक्साइडका आधिकारिक बिक्री केन्द्र वा रिटेलरबाट नयाँ ब्याट्री खरिद वा एक्सचेन्ज गरेपछि सिप्रदी स्टार एप (SIPRADI STAR App) मार्फत पेपरलेस वारेन्टी दर्ता गर्नुपर्नेछ।
वारेन्टी दर्ता गरेपछि ग्राहक स्वतः क्यासब्याक लक्की ड्रमा सहभागी हुने कम्पनीले जनाएको छ। योजनासम्बन्धी थप जानकारीका लागि कम्पनीका टोल फ्री नम्बर १६६००१५५७७७ वा ९८०१५७५७७७ तथा हटलाइन नम्बर ०१–५९७०३३९ मा सम्पर्क गर्न सकिनेछ।




















प्रतिक्रिया