Logo

प्रमुख समाचार

काठमाडौँबाट ओखलढुंगा जाँदै गरेको बस खुर्कोटमा दुर्घटना, ९ जना घाइते



काठमाडौं । काठमाडौंबाट ओखलढुंगा गइरहेको यात्रु बाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार शुक्रबार दिउँसो बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर ९ जना यात्रु सामान्य घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, खाना खाएर यात्रुहरू चढाउने क्रममा गाडी ब्याक गर्दा दुर्घटना भएको थियो । दुर्घटनालगत्तै पुगेको प्रहरी र स्थानीयको टोलीले घाइतेहरूको उद्धार गरेको छ ।

घटनाबारे थप विवरण भने आउन बाँकी छ ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार १५:१४   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।