काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज प्रतितोला सुन २ लाख ७५ हजार ६ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलाको २ लाख ७५ हजार रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको हो । आज चाँदी तोलामा ३ हजार ६५५ रुपैयाँ कायम भएको छ । हिजो तोलाको ३ हजार ६७५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।





















प्रतिक्रिया