Logo

अर्थ

महालक्ष्मी विकास बैंकले चार स्थानमा शाखा सार्न घर भाडामा खोज्यो



काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले देशका चार स्थानमा रहेका शाखा कार्यालय स्थानान्तरण गर्ने तयारी गरेको छ। बैंकले शाखा स्थानान्तरणका लागि आवश्यक भवन भाडामा लिन इच्छुक घरधनीसँग १५ दिने सूचना जारी गर्दै प्रस्ताव माग गरेको हो।

बैंकले ढल्केवर शाखाका लागि मिथिला नगरपालिका–६, मनहरी शाखाका लागि मनहरी गाउँपालिका–७, बेथरी शाखाका लागि मायादेवी गाउँपालिका–६ र बेलौरी शाखाका लागि बेलौरी नगरपालिका–४ मा भवन खोजेको छ।

बैंकका अनुसार सम्बन्धित क्षेत्रमा करिब ९ सयदेखि १ हजार ४ सय वर्गफिट क्षेत्रफल भएको घर वा फ्ल्याट आवश्यक पर्नेछ। भवन सडकसँग जोडिएको, पार्किङ, एटीएम तथा जेनेरेटर राख्न मिल्ने सुविधा भएको हुनुपर्नेछ।

त्यस्तै, भाडामा उपलब्ध गराइने भवन कुनै पनि कानुनी झमेलामा नरहेको हुनुपर्ने र कम्तीमा १० वर्षका लागि भाडामा दिन सकिने हुनुपर्ने सर्त बैंकले राखेको छ।

इच्छुक घरधनीले घरको विवरण, मासिक भाडादर तथा आवश्यक स्वामित्व र अन्य कानुनी कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र प्रस्ताव पेस गर्नुपर्नेछ।

प्रस्ताव बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौं वा सामान्य प्रशासन विभाग, थापाथलीस्थित कार्यालयमा बुझाउन सकिने बैंकले जनाएको छ। प्राप्त प्रस्ताव स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार बैंकमा सुरक्षित रहने सूचनामा उल्लेख छ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार ११:५६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।