Logo

अर्थ

सेयर बजारमा झिनो अंकको वृद्धि, कारोबार रकम ७ अर्ब ४३ करोड



काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक १.४० अंकले बढेर २,६६५ को विन्दुमा कायम भएको छ ।

आज ९८ कम्पनीको सेयर मूल्य बढेको छ भने १७१ कम्पनीको मूल्य घटेको छ ।

आज ७ अर्ब ४३ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै श्वेत गंगा हाइड्रोको सेयर कारोबार भएको छ । यस कम्पनीको ८५ करोड ८४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । घोराही सिमेन्टको ५१ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै सिभिल बैंक डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ६.३४ प्रतिशतका दरले गुमाएका हुन् ।

 

 

 

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार १५:१२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।