Logo

मौसम

आजको मौसम : कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना



काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

मधेश, कोशी र बागमती प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेको छ र बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ।

आज राति कोशी,बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बादल लाग्ने र देशका बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ।

गण्डकी प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ। तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सुरकुहिरो लाग्नेछ ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहीबार ०६:५६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।