Logo

Sports

एनपीएल : आज दुई खेल हुँदै



काठमाडौँ । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिगमा आज दुई खेल हुँदैछन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्याह्न १२ बजे हुने पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्स प्रतिस्पर्धामा उत्रनेछन्।

लुम्बिनी जितको लय कायम राख्दै शीर्ष स्थान सुरक्षित गर्न चाहन्छ भने जनकपुर पछिल्लो हारको निराशा बिर्सेर पुनरागमन गर्ने योजनामा छ।

साँझ ५ हुने दोस्रो खेलमा काठमाडौं गोर्खाजले विराटनगर किङ्ग्सको सामना गर्नेछ।

काठमाडौं र विराटनगर पनि जित हासिल गर्दै आफ्नो दाबेदारी बलियो बनाउने लक्ष्यमा हुनेछन्।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहीबार ०८:०१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।