Logo

अर्थ

छिमेक लघुवित्तले २५ प्रतिशत लाभांश दिने



काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको बुधबार अपराह्न बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ११.९६३१ प्रतिशत बोनस सेयर र १३.०३६९ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीको हाल कायम चुक्ता पूँजी ३ अर्ब ६१ करोड ७२ लाख ६४ हजार १०१ रुपैयाँ ५० पैसा रहेको छ।

सञ्चालक समितिले उक्त चुक्ता पूँजीको ११.९६३१ प्रतिशतका दरले ४३ करोड २७ लाख ३५ हजार ८९८ रुपैयाँ ५० पैसा बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।

यस्तै, कम्पनीले चुक्ता पूँजीको १३.०३६९ प्रतिशतका दरले ४७ करोड १५ लाख ८० हजार १२६ रुपैयाँ ८८ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त नगद लाभांश रकममा बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश गरिएको कम्पनीले जनाएको छ।

यसअनुसार कम्पनीले बोनस सेयर र नगद लाभांश गरी कुल ९० करोड ४३ लाख १६ हजार २५ रुपैयाँ ३८ पैसा बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहीबार १३:०५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।