Logo

प्रमुख समाचार

सरकारकाे निर्णयविरूद्व सर्वाेच्च पुगे निवर्तमान आईजीपी कार्की



काठमाडौं । नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्न पुगेका छन् । बुधबार सरकारले आफूलाई प्रहरी महानिरीक्षकबाट हटाएर डा.मनोजकुमार केसीलाई आईजीपी नियुक्त गर्ने निर्णयविरुद्ध कार्की रिट लिएर सर्वोच्च पुगेका हुन् ।

कार्कीका तर्फबाट अधिवक्ता टीकाबहादुर कुँवर रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् ।

मन्त्रिपरिषद्को निर्णय अनुसार डा केसीले बुधबारबाटै प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । उनको रिट दर्ता प्रक्रियामा रहेको छ ।

 

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहीबार १३:१४   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।