Logo

खेलकुद

काठमान्डुले टस जितेर बलिङ गर्दै



काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेट अन्र्तगत आजको दोस्रो खेलमा विराटनगर किंग्स र काठमान्डु गोर्खाज खेल्दैछन् ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा काठमान्डुले टस जितेर बलिङ रोजेको छ ।

४ खेलमा २ जीत र २ हार व्यहोरेको विराटनगर दोस्रो स्थानमा छ । काठमान्डुको २ खेलमा १ जीत र १ हार रहेको छ । काठमान्डु सातौं स्थानमा छ । आजै भएको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको छ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहीबार १६:५५   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।