Logo

समाचार

स्याफ्रुबेसीको नयाँ काठे पुल सञ्चालनमा



भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीका कारण रसुवाको स्याफ्रुबेसीमा रहेको पुल बगाएपछि अवरुद्ध रहेको त्यस क्षेत्रको यातायात पुनःसञ्चालनमा आएको छ ।

भदौ १०को बाढीपछि स्थानीयले यातायात व्यवस्थापनका लागि काठेपुल निर्माण गरेका थिए तर कार्तिक १४ गते पुनः आएको बाढीले उक्त काठे पुल पनि बगाएपछि बन्द भएको आवागमन नयाँ पुल निर्माणसँगै सोमबारदेखि सुरु भएको स्थानीय समाजसेवी फूर्पु तामाङले बताए ।

तामाङका अनुसार काठेपुल बगाएपछि त्यही ठाउँमा स्थानीय सरोकारवला निकायको सानूहिक पहलमा नयाँ पुल निर्माण गरी सोमबारदेखि संचालनमा आएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार १५:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।