Logo

मौसम

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना



काठमाडौं । हाल नेपालमा पश्चिमी न्युनचापीय प्रणालीको प्रभाव रहेको छ ।

हाल कोशी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका साथै कर्णाली प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ । तराई भूभाग, उपत्यका तथा खोँचहरूका धेरै स्थानमा हुस्सुरकुहिरो लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतयता सफा रहेको छ ।

दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ।

कोशी प्रदेशको हिमाली र पहाडी भूभाग तथा बागमती र गण्डकी प्रदेशको हिमाली भूभागको एकरदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ ।

तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्नेछ । कोशी प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी प्रदेशको हिमाली भूभागको एकरदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार ०६:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।