काठमाडाैँ । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा आज इलिमिनेटर अर्थात् दोस्रो प्ले अफको खेल हुँदैछ । जुन खेलमा खेल्नेछन्।
काठमान्डु गोर्खाज र चितवन राइनोज । त्रिवि मैदान कीर्तिपुरमा साँझ साढे ४ बजेपछि शुरु हुने यो खेलमा दुबै टोली जित हात पार्ने अर्जुनदृष्टिमा हुनेछन् । किनपनि भने आजको खेल हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ । जित्ने टोलीले भने फाइनल प्रवेशमा सुदूरपश्चिमसँग खेल्नेछ । सुदूरपश्चिम हिजोको पहिलो प्ले अफ अर्थात् क्वालिफायरमा लुम्बिनीसँग पराजित भएको टोली हो ।
करण केसी नेतृत्वको काठमान्डु तालिकाको तेस्रो र चितवन चौथो स्थानमा रहँदै प्ले अफमा पुगेका हुन् ।
काठमान्डुले सातमध्ये चार खेलमा जित हात पारेको हो भने तीन खेलमा पराजय ब्यहोरेको हो । यस्तै चितवन सातमध्ये तीनमा जित, र एक खेलबाट एक अंक जोड्दै प्लेअफमा पुगेको हो ।
अस्ट्रेलियन खेलाडी डेभिड वार्नरलाई ल्याएर चर्चा पाएको काठमान्डुले यसपटक गत सिजन भन्दा केही राम्रो खेल खेलिरहेको भए पनि विजेता बन्ने गरीको खेल्न अझै सुधार गर्नुपर्ने क्रिकेट विश्लेषकले बताउँदै आएका छन् ।
यस्तै मध्यम प्रदर्शन गर्दै प्ले अफमा पुगेको चितवनलाई पनि जितका लागि अहिलेको भन्दा उन्नत खेल आवश्यक पर्ने देखिन्छ । रवि भोपाराजस्ता विश्वक्रिकेटका अनुभवी खेलाडी रहेको चितवनका सबै खेलाडीले अझै क्षमता अनुसार खेल्न नसकिरहेको चर्चा हुने गरेको छ ।
यस्तै भीम सार्की, आदिल आलम जस्ता विष्फोटक ब्याटर चल्न नसक्दा काठमाडौँ पनि चिन्तित रहँदै आएको छ । दुबै टोलीले यसअघिका खेलका कमी कमजोरी सुधार गर्दै आजको खेल जित्न कुनै कसर बाँकी नराख्ने बताएका छन् ।





















प्रतिक्रिया