Logo

समाचार

हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष पक्राउ



काठमाडौं । प्रहरीले हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीलाई नियन्त्रणमा लिएको छ ।

गाउँपालिकाकै एम्बुलेन्स चलाउँदै आएका चंखेली गाउँपालिका—४, का पृथ्वीबहादुर सिंहलाई कुटपिट गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी जङ्गबहादुर सिंहले बताए ।

उनका अनुसार, बिहीबार अध्यक्ष शाहीले चालक सिंहलाई कुटपिट गरेका थिए । चालक सिंहले लामो समयदेखि आफ्नो पारिश्रमिक नपाएको र अध्यक्षकहाँ माग्न गएको बताइएको छ । सिंह विगत ५र६ वर्ष देखिनै एम्बुलेन्स चालकका रूपमा कार्यरत रहेका छन् ।

अध्यक्षको कुटपिटबाट घाइते भएका सिंहलाई जिल्ला अस्पताल हुँदै उपचारका लागि नेपालगन्ज पठाइएको सूचना अधिकारी सिंहले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार १९:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।