Logo

अर्थ

युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।
कम्पनीले मंसिर ९ गतेदेखि २३ गतेसम्म बुकक्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले प्रतिकित्ता १ हजार ५४० रुपैयाँ नगद लाभांश प्राप्त गर्न सक्नेछन्।कम्पनीको ३३औँ वार्षिक साधारण सभा मंसिर २३ गते काठमाडौंको नयाँ बानेश्वरस्थित द एभरेष्ट होटलमा दिउँसो ४:३० बजे बस्नेछ।
सभाले नगद लाभांश वितरण, लेखापरीक्षक नियुक्ति, सामाजिक तथा सामुदायिक परियोजनामा आर्थिक योगदानलगायतका प्रस्ताव पारित गर्नेछ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा भएका संशोधन समेटी आवश्यक दस्तावेज अद्यावधिक गर्ने विशेष प्रस्तावसमेत पारित गर्नेछ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलवार १२:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।