काठमाडौं । सोल्टी होटल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई कुल ३६.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।होटल सञ्चालक समितिको सोमबार बसेको बैठकले २० प्रतिशत बोनस शेयर र १६.८४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश पारित गर्न होटलले आगामी पुस २१ गते आफ्नो ५२औँ वार्षिक साधारणसभा बोलाएको छ। सभा काठमाडौंको टुँडिखेलस्थित आर्मी अफिसर्स क्लबको सभामण्डप हलमा बिहान १० बजे सुरु हुनेछ।
सोही सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्।
लाभांश र सभा प्रयोजनाका लागि होटलले पुस १ गतेदेखि पुस २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो होटल लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।



















प्रतिक्रिया