काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर २ लाख ४७ हजार ९०० रुपैयाँ पुगेको छ ।
सोमबार सुन प्रतितोला २ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ । सोमबार ३ हजार ११० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर ३ हजार १४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतिदश ग्राम २ लाख १२ हजार ५३५ रुपैयाँ र चाँदीको मूल्य प्रतिदश ग्राम २ हजार ६९६ रुपैयाँ कायम भएको छ ।




















प्रतिक्रिया